इण्टरनेशनल फ्रेण्ड्लीजःपोर्तुगल, चिली र ग्रीस विजयी

IMG-20240612-WA0188.jpg

लिस्बन: यूरो कप २०२४ अघि आफ्नो तयारीहरूलाई अन्तिम रूप दिँदै पोर्तुगलले आयरल्याण्ड विरुद्ध अन्तर्राष्ट्रिय मैत्री फूटबल म्याचमा ३-०-ले सजिलै जीत हासिल गऱ्यो। यसअघि खेलिएको मैत्री म्याचमा क्रोएशिया विरुद्ध २-१-ले हारको सम्मुखीन हुने रोबर्तो मार्टिनेजको टीमलाई मंगलवार राति हासिल भएको जीतले यूरो कपअघि पर्याप्त आत्मविश्वास दिनेछ। आफ्नो होम ग्राउण्डमा ६९ प्रतिशत पोजेशनको साथ खेल्ने पोर्तुगलको टीमबाट दिग्गज फरवर्ड क्रिस्टियानो रोनाल्डोले ५०औं र ६०औं मिनटमा २ गोल गरे। यसरी अन्तर्राष्ट्रिय फूटबलमा सर्वाधिक गोल गर्ने यस फूटबलरको गोलसंख्या बढ़ेर १३० पुग्यो। होम टीमबाट अन्य एक गोल जोआओ फेलिक्सले १८औं मिनटमा गरे। यसरी दक्षिण अमेरिकी फूटबलको महाशक्ति चिलीले पाराग्वे विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट भिक्टर डाविलाले १७औं र ३७औं मिनटमा २ गोल गरे। यसबाहेक एडुआर्डो भार्गासले ५३औं मिनटमा अन्य एक गोल गरे। अन्य मैत्री म्याचहरूमा ग्रीसले माल्टालाई २-०-ले अनि युक्रेनले मोल्डोवालाई ४-०-ले पराजित गऱ्यो। इज्रायललाई पनि बेलारुस विरुद्ध ४-०-ले जीत हासिल गर्न अधिक असुविधा भएन। नर्दर्न आयरल्याण्डले चाहिँ एण्डोर्रा विरुद्ध २-०-ले जीत हासिल गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement