के हो हुण्डी कारोबार? किन हुण्डी कारोबारलाई अवैध र जोखिमपूर्ण मानिन्छ ?

IMG-20240612-WA0138

झापा: विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाई कुनै निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सी मार्फत् स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ। नेपालमा हुण्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानुनी कार्य हो। अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा सुरक्षित पनि हुँदैन। कसैले थाहा पाएमा कानून बमोजिम सजाय पनि हुन्छ। कार्यथलोमै लिन आउने र घरमै पुर्याईदिने भएपछि अनि धेरै शुल्क पनि नलाग्ने भएकाले मानिसहरु हुण्डीमा आकर्षित हुने गरेका छन्। हुण्डीबाट पैसा पठाउँदा ब्याकिङ प्रणालीबाट पठाउँदाभन्दा कम समय लाग्ने, पैसाको स्रोत खुलाउने तथा अन्य प्रक्रियागत झन्झट पनि नहुने भन्दै हुण्डीको माध्यम प्रयोग गरेर थुप्रै नेपालीले विदेशबाट पैसा पठाउने गर्दछन्।

किन हुण्डी कारोबारलाई अबैध र जोखिमपूर्ण मानिन्छ?

हुण्डी कारोबार मार्फत बिदेशबाट स्वदेशमा रकम प्राप्त भएपनि यो अत्यन्त जोखिमपूर्ण छ। खासगरी सुन तस्करी, लागु औषध कारोबार, न्यून विजकीकरण गरि समान आयात, मानव बेचबिखन, अवैध हातहतियारको कारोबार जस्ता अपराधजन्य कार्यमा हुण्डीले प्रसय दिइरहेको पाइन्छ। त्यसैले पनि हुण्डी कारोबातरलाई अबैध र जोखिमपूर्ण मानिएको हो। हुण्डी कारोबार गर्नेहरुले कुनैपनि देशको कानून अनुसार रेमिट्यान्स कारोबार गर्नका लागि स्वीकृति लिएका हुँदैनन्। त्यसैले आफूले दश नङ्ग्रा खियाएर कमाएको पैसा बीचैमा हिनामिना हुनसक्ने जोखिम उत्तिकै छ। त्यसैले रकम हिनामिना भएमा कानुनी उपचार पाउन समेत कठिन छ। साथै आफ्नो परिश्रमको वैध रकमलाई दलाल र बिचौलियाहरुले अबैध कारोबार तथा अपराधजन्य कार्यमा लगाउने भएकाले यसलाई निरुत्साहन गर्ने भएकाले सबै व्यक्ति हुण्डी कारोबार गर्ने विषयमा सचेत हुनुपर्ने देखिन्छ।

हुण्डी नियन्त्रण हुन नसक्दा अन्य किसिमका अपराध पनि बढेको पुलिस अधिकारी बताउँछन्। नेपालबाट ठूलो मात्रामा लागुऔषध विभिन्न देशमा जाने गरेको छ। यसरी बिक्री हुने लागुऔषधको पैसा नेपालमा अवैध तरिकाबाट नै आउने गर्छ। हुण्डीको अनुसन्धान नै नहुने भएकाले निर्वाध रूपमा अर्बौं रकम यसकै माध्यमबाट लेनदेन हुने गरेको छ। हुण्डीको अवैध कारोबारसँगै सुन तस्करी पनि मौलाएको छ। लागुऔषध, हतियार तथा सुनलगायत सामान तस्करीमा पनि हुण्डीमार्फत नै आर्थिक लेनदेन हुने गरेको पुलिस अधिकारीहरु बताउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement