खरसाङमा ट्रेनको धक्काले एक युवकको मृत्यु

photocollage_202461216321590.jpg

खरसाङ: खरसाङमा ट्रेनको धक्काले एकजना युवकको मुत्यु भएको छ। प्राप्त जानकारी अनुसार बिहान लगभग ११ बजेतिरको समयमा खरसाङको रेलवे प्लेटफर्ममा ट्रेन ब्याग गरिरहेको समयमा एकजना युवकलाई ट्रेनको पछिल्लो भागले केही क्षण तानेको र युवकको घटना स्थलमा नै मृत्यु भएको बताइएको छ। ट्रेनको धक्काले मृत्यु हुने युवक खरसाङको डाक बंगला निवासी १८ वर्षीय सूर्य रावत रहेको र उनको पार्थिव शरीरलाई पोष्टमोर्टमक लागि खरसाङ महकुमा अस्पताल लगिएको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement