चन्द्रबाबु नायडू बने आन्ध्र प्रदेशको मुख्यमन्त्री

Chandrababu-Naidu

नयाँ दिल्ली: चन्द्रबाबु नायडूले आन्ध्र प्रदेशको चौथो पटक मुख्यमन्त्रीको शपथ लिएका छन्। आज बुधबारउनले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, सुपरस्टार रजनीकान्त र चिरञ्जीवीको उपस्थितिमा मुख्यमन्त्रीको शपथ लिएका हुन्। चन्द्रबाबु नायडूबाहेक पवन कल्याण र नारा लोकेशले पनि सपथ लिए। पवन कल्याण उपमुख्यमन्त्री बनेका छन्। पवन आन्ध्र प्रदेश विधानसभा चुनावमा पीथापुरम सीटबाट विजयी भएका छन्। शपथ ग्रहण समारोह केसरपल्ली शहरको आईटी पार्क मैदानमा भएको थियो। पवन कल्याण आन्ध्र प्रदेशको उपमुख्यमन्त्री बन्ने निश्चित थियो। उनले चन्द्रबाबु नायडूपछि दोस्रो पटक शपथ लिएका छन्। शपथ ग्रहणपछि पवन कल्याणले मञ्चमा बसेका सबै वरिष्ठ नेताहरुलाई अभिवादन पनि गरे। यसैबीच उनले आफ्ना जेठा भाई दिग्गज अभिनेता चिरञ्जीवीको खुट्टा छोएर आशीर्वाद लिए। शपथ ग्रहणमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, वेंकैया नायडू, जेपी नड्डा, नितिन गडकरी, एकनाथ शिन्दे, चिराग पासवान, एनवी रमन्ना, अनुप्रिया पटेल, रजनीकान्त, चिरञ्जीवी, प्रफुल्ल पटेल, रामदास आठवले अतिथिका रुपमा उपस्थित थिएl यस पटक आन्ध्र प्रदेश विधानसभा चुनावमा टीडीपीले १७५ सिट मध्ये १३५ सिट जितेर पूर्ण बहुमत हासिल गरेको छ। पवन कल्याणको नेतृत्वमा टीडीपीको सहयोगी जनसेना २१ सिट जितेर दोस्रो स्थानमा रह्यो। जबकि भाजपाले ८ सिट जितेको छ। यसबाहे, वाईएसआरसीपी ११ सिटमा सीमित भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement