न्यूयोर्क: पहिलो दुईवटा म्याचमा निराशाजनक हारको सम्मुखीन हुने पाकिस्तानले अन्तमा गएर आईसीसी टी२० वर्ल्ड कपमा जीतको खाता खोल्यो। मंगलवार राति खेलिएको ग्रुप ए-को म्याचमा पाकिस्तानले कनाडालाई ७ विकेटले पराजित गऱ्यो। ब्याटरहरूका निम्ति नर्क साबित भएको नासाउ काउण्टी इण्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै कनाडाले २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बनायो। ओपनर आरोन जनसनले सर्वाधिक ५२ रन बनाए। उनले ४४ बल खेलेर ४ वटा चौका र ४ वटा छक्का लगाए। जनसनलाई छोड़ेर कनाडाको शीर्ष र मध्य क्रममा अन्य कसैले पनि ४ भन्दा अधिक रन बनाउन सकेनन्। तल्लो क्रममा कलीम सानाले अविजित १३ र साद बीन जफरले १० रनको योगदान दिए। पाकिस्तानका बलरहरूमा मोहम्मद आमिर र हारिस रऊफले २-२ विकेट लिए। त्यसपछि पाकिस्तानले १७.३ ओभरमा ३ विकेट गुमाएर १०७ रनको लक्ष्यलाई हासिल गऱ्यो। ओपनर मोहम्मद रिजवानले अविजित ५३ रन बनाए। उनले ५३ बल खेलेर २ वटा चौका र एउटा छक्का लगाए। यसबाहेक कप्तान बाबर आजमले ३३ बलमा ३३ रन बनाए। ओपनर सईम अयूब ६ र फखर जमां ४ रन बनाएर आउट भए। मोहम्मद आमिरलाई प्लेयर अव् द म्याच चयन गरियो।