रेफरीको गल्तीले गर्दा भारतको हार

IMG-20240612-WA0121.jpg

दोहा: रेफरीको चरम निराशाजनक फसेलाले गर्दा भारतले फिफा वर्ल्ड कप क्वालीफायरमा तेस्रो राउण्डमा पुग्ने मौका गुमायो। दोहाको जास्सिम बिन हमद स्टेडियममा मंगलवार राति खेलिएको ग्रुप ए-को महत्त्वपूर्ण म्याचमा भारतले आयोजक कतर विरुद्ध १-२-ले निराशाजनक हारको सामना गर्नु पऱ्यो। सुनिल छेत्रीले अन्तर्राष्ट्रिय फूटबलबाट सन्न्यास लिएपछि आफ्नो पहिलो म्याच खेलिरहेको भारतीय टीमको शुरुवात असल रह्यो। लाल्लिनजुआला छांगटेले ३७औं मिनटमा दर्शनीय गोलको साथ भारतलाई बढ़त दिलाए। त्यसपछि गुरप्रीत सिंह सन्धूको कप्तानीमा खेलिरहेको भारतीय टीमले मध्यान्तरसम्म बढ़तलाई कायम राख्यो। दोस्रो हाफको खेलमा चाहिँ रेफरीको एउटा खराब निर्णयले कतरलाई म्याचमा फर्काउनको साथै भारतीय टीमको मनोबललाई ध्वस्त पाऱ्यो। यूसेफ ऐमनले ७३औं मिनटमा कतरलाई १-१-को बराबरीमा पुऱ्याए। वास्तवमा कतरका खेलाड़ीले मैदान बाहिर गइसकेको बललाई तानेर दिएको पासमा यूसेफले गोल गरेका थिए। भारतीय खेलाड़ीहरूले त्यस फसेला विरुद्ध अपील गरे पनि कुनै फाइदा भए। अन्तमा अहमद अल-रावीले ८५औं मिनटमा अझ एक गोल गरी कतरलाई २-१-ले जीत दिलाए।

रेफरीको चरम निराशाजनक फसेलालाई लिएर सोशल मीडियामा निक्कै आक्रोश देखिएको छ। यस ग्रुपको अन्य एउटा म्याचमा कुवैतले अफगानिस्तानलाई १-०-ले पराजित गऱ्यो। यसरी ग्रुप ए-बाट कतर (६ वटा म्याचमा १६ पोइण्ट्स) र कुवैत (७ पोइण्ट्स)-ले फिफा वर्ल्ड कप क्वालीफायरको तेस्रो राउण्डमा स्थान बनायो। भारत ५ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा तेस्रो स्थानमा रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement