बेलबारीकी नृत्यङ्गना सरस्वती धिमाललाई युवा प्रतिभा पुरस्कार

IMG-20240612-WA0051.jpg

बिराटनगर: धिमाल जातिय विकास केन्द्र, केन्द्रिय समितिले यस वर्ष “धिमाल युवा प्रतिभा पुरस्कार २०२४” बाट नृत्यङ्गना सरस्वती धिमाललाई सम्मान गर्ने भएको छ।धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिका सचिवालय सदस्य मोहनकुमार धिमालको संयोजकत्वमा रहेको पुरस्कार छनौट समितिको बैठकले मोरंग बेलबारी – १०, माटिगाउँ, मोरङकी सरस्वति धिमाललाई सम्मान गर्ने निर्णय गरेको हो। गिनिज बुक अफ वर्ड रेकर्डमा सबैभन्दा उच्च स्थान ५,२७८ मिटर उचाईमा कोरियोग्राफि गरेर नाम लेखाउन सफल सरस्वति धिमाल एक सफल नृत्यङ्गना हुन। डान्सिङ स्टार नेपाल, स्कुल डान्सिङ च्याम्स, शिखर डान्स आईकनको उपाधि विजेता उनले विभिन्न गितमा कोरियोग्राफरको रुपमा काम समेत गरेकी छिन ।धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिका सचिवालय सदस्य मोहनकुमार धिमालको संयोजकत्वमा रहेको पुरस्कार छनौट समिति नारायण राजदोङ्गे, शंकर धिमाल, पुष्पा धिमाल, पितबहादुर धिमाल रहेका थिए ।धिमाल जातीय विकास केन्द्रले युवा प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उदेश्यले हरेक बर्ष धिमाल युवा प्रतिभा पुरस्कारले सम्मान गरिरहेको महासचिव मातृका धिमालले जानकारी दिए। यसअघि बडिबिल्डर विकास धिमाल, फुटबलर रजिन धिमाल, गायिका मेचु धिमाल, बडिबिल्डर ललित धिमाल, तेक्वान्दो खेलाडी दिपेन धिमाल, गायक राजेश धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कारले सम्मान गरिएको छ। पुरस्कृत व्यक्तित्वलाई नगद ५ हजार रुपैयाँ, प्रमाण पत्र र आल्गी धावा ओडाएर सम्मान गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement