कप्तान बाबर र शाहीनबीच मतभेदका खबरहरूलाई झूटो बताए अजहर महमूदले

IMG-20240612-WA0001.jpg

न्यूयोर्क: आईसीसी टी२० वर्ल्ड कपमा पहिलो दुईवटा म्याच हार्ने पाकिस्तान टीमका सहायक प्रशिक्षक अहजर महमूदले कप्तान बाबर आजम र पेस बलर शाहीन शाह अफरीदीबीच आपसी मतभेदको खबरहरूलाई अस्वीकार गरेका छन्। मीडिया रिपोर्टहरू अनुसार, पाकिस्तान क्रिकेटमा अहिले दुईवटा गुट रहेको छ। यसमा एक गुटको अगुवाई बाबरले गर्छन् भने दोस्रो गुट शाहीनको नियन्त्रणमा रहेको छ। महमूदले भने, भारत विरुद्ध म्याचपछि वसीम (अकरम)-ले के भने भन्ने मलाई थाहा छैन। शाहीन र बाबरबीच निश्चित रूपले बातचीत छ अनि उनीहरू असल मित्र हुन्। यी दुवै पाकिस्तान टीमको हिस्सा हुन्। हामी अन्य कारणहरूले गर्दा हारेका हौं। पाकिस्तानका खेलाड़ीहरू मीडियाको सामना गर्न प्रेस कन्फ्रेन्सहरूमा नआएको प्रसंगमा महमूदले भने, हामीले खेलाड़ीहरूलाई लुकाएर राखेको होइन। सबै यहाँ छन्। हामी एउटा टीमको रूपमा यहाँ आएका छौं अनि यो कुरा मैले पहिला पनि भनेको थिएँ। एकपल्ट फर्ममा आएपछि सबै आलोचना बन्द हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement