सात्विक-चिरागको जोड़ी झरेर तेस्रो स्थानमा

IMG-20240612-WA0002.jpg

नयाँ दिल्ली: सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको भारतको शीर्ष पुरुष युगल जोड़ी मंगलवार जारी ब्याडमिण्टन विश्व महासंघ (बीडब्ल्यूएफ)-को नवीनतम् ऱ्याङकिंगमा दुई स्थान झरेर तेस्रो स्थानमा पुगेको छ। चीनका लियांग वेई केंग र वेंग चेंग नईको जोड़ीले भारतीय जोड़ीलाई पछि छोड़ेर शीर्ष ऱ्याङकिंग हासिल गरेको छ। यसरी डेनमार्कका किम एस्ट्रप र एण्डर्स रासमुसेनको जोड़ी पनि दुई स्थान अघि बढ़ेर दोस्रो स्थानमा पुगेको छ। सात्विक र चिरागको जोड़ीले मईमा थाईल्याण्ड ओपनको खिताब जितेर नम्बर एक ऱ्याङकिंग हासिल गरे पनि गत महिना नै सिंगापुर ओपनमा पहिलो राउण्डमै हारको सामना गर्नु परेको थियो। पुरुष एकलमा एचएस प्रणय र लक्ष्य सेन क्रमशः १०औं र १४औं स्थानमा कायम छन्। अनुभवी किदाम्बी श्रीकान्त चार स्थान झरेर ३२औं स्थानमा पुगेका छन्। यसरी महिला एकलमा दुईपल्टकी ओलम्पिक पदक विजेता पीभी सिन्धू दशौं स्थानमा कायम छिन्। महिला युगलमा पेरिस ओलम्पिकमा चुनौती पेश गर्ने तनीषा क्रास्टो र अश्विनी पोनप्पाकी जोड़ी अघि बढ़ेर १९औं स्थानमा पुगेको छ। त्रिसा जली र गायत्री गोपीचन्दकी जोड़ी २४औं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement