पेरिस ओलम्पिकको निम्ति भारतीय राइफल र पिस्टल टीमको घोषणा

IMG-20240611-WA0326.jpg

नयाँ दिल्ली: यस साल हुने पेरिस ओलम्पिकको निम्ति भारतीय शूटिंग महासंघले मंगलवार १५ सदस्यीय राइफल र पिस्टल टीमको घोषणा गऱ्यो। टीममा सामेल स्टार पिस्टल शूटर मनु भाकर एकमात्र खेलाड़ी हुन् जसले दुईवटा स्पर्धामा भाग लिनेछिन्। टीमको चयन भर्चुअल बैठकमा गरियो। टीममा ८ जना राइफल र ७ जना पिस्टल शूटरलाई स्थान दिइएको छ। चयन समितिले ट्रायल्सको परिणामहरूलाई प्राथमिकता दिने फसेला गर्दा वर्ल्ड च्याम्पियन रुद्राक्ष पाटिल जस्ता शूटरहरूले पेरिस जाने मौका पाएनन्। पाटिलले आफ्नो मुख्य स्पर्धा १० मीटर एयर राइफलमा असल प्रदर्शन गर्न नसके पनि ओलम्पिकको टीममा स्थान पाउन आवाज उठाइरहेका थिए कारण उनले कोटा हासिल गरेका थिए। शूटिंगमा व्यक्तिगत खेलाड़ीहरूलाई नभएर देशलाई ओलम्पिक कोटा प्रदान गरिन्छ। अहिले टीमका सबै सदस्य, प्रशिक्षक र सहयोगी स्टाफहरू फ्रान्सको वाल्मेरेञ्ज लेस माइन्समा जारी अभ्यास शिविरमा रहेका छन्। ओलम्पिकमा जान अघि सबै खेलाड़ी दुई हप्ताको निम्ति स्वदेश फर्किनेछन्। शट गन टीमको घोषणा इटलीको लोनाटोमा हुने वर्ल्ड कपपछि गरिनेछ, जसमा प्रतियोगिताहरू बुधवारदेखि शुरु भएर १८ जूनसम्म चल्नेछ। पेरिस ओलम्पिक गेम्स २६ जुलाईदेखि ११ अगस्तसम्म आयोजन गरिनेछ। भारतीय शूटरहरूले यसपाली सम्भावित २४-मा २१ वटा कोटा हासिल गरेका छन्। राइफल र पिस्टलमा खेलाड़ीहरूले जम्मै आठवटा कोटा हासिल गरेका छन्। टोक्यो ओलम्पिकको निम्ति भारतले १५ वटा कोटा हासिल गरेको थियो।
राइफल टीमः सन्दीप सिंह, अर्जुन बबूता (१० मीटर एयर राइफल पुरुष), एलावेनिल वलारिवन, रमिता (१० मीटर एयर राइफल महिला), सिफ्ट कौर समरा, अञ्जुम मौदगिल (५० मीटर राइफल ३ पोजिशन महिला), ऐश्वर्य तोमर, स्वप्निल कुसाले (५० मीटर राइफल ३ पोजिशन पुरुष)।
पिस्टल टीमः सरबजोत सिंह, अर्जुन चीमा (१० मीटर एयर पिस्टल पुरुष), मनु भाकर, रिदम सांगवान (१० मीटर एयर पिस्टल महिला), अनीश भानवाल, विजयवीर सिद्धू (२५ मीटर ऱ्यापिड फायर पिस्टल पुरुष), मनु भाकर, ईशा सिंह (२५ मीटर पिस्टल महिला)।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement