गान्तोक: गान्तोक सदर पुलिसले भारी मात्रमा ड्रग्स सहित एक युवकलाई पक्राउ गरेको छ।पक्रा पर्ने आरोपी सिच्छे निवासी छिरिङ शेर्पाकोरूपमा पुलिसले चिन्हित गरेको छ। पुलिसले जानकारी गराए अनुसार आरोपी शेर्पा शंकास्पद अवस्थामा विकास क्षेत्रमा घुमिरहेको पुलिसले देखेपछि शंकाको आधारमा उनलाई पक्राउ गरिएको थियो। विशेष गरेर आरोपी शेर्पाले ड्र्गस बिक्री गर्दै आइरहेको विश्वासनीय सुत्रले पुलिसलाई सूचित गराएको थियो भने हिजो भने उक्त व्यक्ति विकास क्षेत्रमा देखेपछि सदर थानाका प्रभारी गौरव गौतम विकास क्षेत्रमा पुलिस वल सहित पुगेका थिए। जाँच गर्ने क्रममा आरोपीबाट पुलिसले ५१ बोतल कफ सिरप र २२ वटा विन्सपास्मो क्याप्सुल फेला पाऱ्यो। आरोपीविरूद्ध सदर थानमा सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।