निरन्तर वर्षाको कारण दुर्गम क्षेत्रबाट दुध संग्रह गर्न नसकेको सिक्किम मिल्क यूनियनको भनाइ

FB_IMG_1718123773369.jpg

गान्तोक: अविरल वर्षाको कारण ९-१० जून २०२४ आइतवार अनि सोमवार दुई दिनभित्र राज्यका दुर्गम क्षेत्रहरूमा यातायात व्यवस्था प्रभावित बनेको छ। मुख्य रूपले दक्षिण जिल्लाको याङगाङसँग जोड़्ने सिस्ने, नाम्फोक सड़क सम्पर्क विच्छेद भएको छ भने मझुवा क्षेत्र पैह्रोले ज्यान-मालकोसम्म क्षति भइसकेको कुरा सर्वविदितै छ। यसर्थ, राज्यभरिका प्रभावित सुदूर अनि दुर्गम क्षेत्रहरूबाट सिक्किम दूध उत्पादक सहकारी समितिसँग संलग्न कृषकहरूले नियमित रूपमा दूध जमा केन्द्रमा दूध ल्याउन असमर्थ बनेको कारण उपभोक्ताहरूलाई हाल दैनिक रूपमा दूध पूर्ण रूपले सर्वराह गर्न नसकेको सिक्किम मिल्क यूनियनले जानकारी गराएको छ। उपभोक्ताहरूको दैनिक आवश्यकतालाई पूर्ती गर्न असमर्थ बनेकोमा यूनियनले दुःख प्रकट गरेको छ तथापि, प्रभावित क्षेत्रका कृषकहरूबाट पनि दूध संग्रह गरी निरन्तर झैं उपभोक्ताहरूलाई सामान्य रूपमा सर्वराह गर्न हामी लागिपरेको बताएको छ। निश्चित रूपमा आगामी एक दुई दिनभित्र यो समस्या समाधान हुन सक्ने आशा व्यक्त गरेको छ। यतिञ्जेल सम्पूर्ण उपभोक्ताहरूलाई धैर्यधारण गरिदिने सिक्किम मिल्क यूनियनका प्रबन्धक निर्देशक तिलक घतानीले एक विज्ञप्ति जानकारी गर्दै बताएका छन्। संगठनको पक्षबाट उनले दूध सर्वराहको कमीलाई चाँड़ै निदान गरिने विश्वास दिलाएका छन्। सिक्किम मिल्क यूनियनले यसअघि यस्ता धेरै चुनौतीपूर्ण समस्याहरूसँग जुझ्दै सहजै रूपमा उपभोक्ताहरूको माग अनि दैनिक आवश्यकतालाई पूरा गर्न सफल बनको उनको दावी गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement