गान्तोक: हिजो राज्यका मुख्यमन्त्री लगायत अन्य मन्त्रीहरूले पाल्जर स्टेडियममा शपथ ग्रहण गरेपछि मुख्यमन्त्री तामाङको अध्यक्षतमा मन्त्री परिषदको बैठक सम्पन्न भयो। टाशीलिङस्थित सचिवालयमा बसेको बैठकमा विशेष गरेर राङगाङ याङगाङ निर्वाचन क्षेत्र अन्तर्गत मजुवा गाउँमा पैह्रौको चपेटमा परि मृत्यु हुनेहरूको स्मरणमा दुइ मिनटको मौन धारण गरियो। यस बैठकमा उक्त घटनामा परि ज्याउ गुमाउनेहरूलाई र प्रभावित परिवारलाई एसडीआरएफको नियम अनुसार अनुग्रह राशि प्रदान गरिने र पैह्रौको चपेटमा परि ध्वस्त बनेर घरबिहिन बनेका परिवारलाई सिक्किम गरीब आवास योजना अन्तर्गत घर बनाउने निर्णय लिएको छ। यस अवसरमा विधायक सञ्जीत खरेललाई प्रो टम स्पीकरको पदमा नियुक्त गरिने र १२ जूनको दिन विधायकहरूलाई शपथ ग्रहण गराउने विषयमा छलफल गरियो। यसरी नै सरकारी कर्मचारीहरूको निम्ति मँहगाई भत्ता ४२ प्रतिशतदेखि लिएर 46 प्रतिशत बनाउने र यो नियम आगामी १ जुलाईदेखि लागु गरिने निर्णय लिएको छ। सोही प्रकारले आगामी वर्ष सिक्किम भारतमा विलय भएको ५० वर्षको शुभ अवसरमा भव्यरूपमा कार्यक्रम आयोजना गरिने र यसको निम्ति गृह विभागले तयारी गर्नुपर्ने जानकारी गराइयो। शिक्षा विभागलाई दुई खण्डमा विभाजन गरी कार्यसम्पादन सुधार गर्ने निर्णय लिएको छ।