गान्तोक: राजधानीस्थित राजभवनमा आयोजित शपथ ग्रहण समारोह कार्यक्रममा राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले आज विधायक सञ्जीत खरेललाई प्रो टम स्पीकरकोरूपमा शपथ ग्रहण गराए। राज्यपालले सञ्जित खरेललाई उनको नियुक्तिमा बधाई दिँदै इमानदारी र समर्पणका साथ पदको जिम्मेवारी सम्हाल्न सक्ने क्षमता रहेको विश्वास व्यक्त गरेका छन्।यो समारोहले सिक्किममा लोकतान्त्रिक भावना र शासनलाई झल्काउने नयाँ विधायिका कार्यकालको शुरू भएको संकेत दिएको राज्यपालले बताएका छन्।
नवनिर्वाचित प्रो- टोम अध्यक्ष खरेलले भोलि सिक्किम विधान सभाको उद्घाटन सत्रको अध्यक्षता गर्नेछन्, जसमा ११औं सिक्किम राज्य विधान सभाका नवनिर्वाचित सदस्यहरूको शपथ ग्रहण गर्नेछन्। उल्लेखनीय छ, सञ्जीत खरेल नामथाङ रातेपानी निर्वाचन क्षेत्रका विधायक हुन् भने आज उनको शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री प्रेम सिंह तामाङ,मुख्य सचिव भीबी पाठक,डीजीपी, शिक्षा विभागका अतिरिक्त मुख्य सचिव लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।