कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले लोकसभा चुनाव प्रचारको लागि एक महिनाको अतिरिक्त महँगी भत्ता (डीए) घोषणा गरिन्। नवान्ननले आज मंगलबार यो सूचना जारी गरेको छ। सरकारी कर्मचारीलाई बढेको भत्ता मईको बदली अप्रेलसित जोडेर दिइनेछ। उनीहरूले जुलाईको तलबसँगै त्यो डीए पाउनेछन्। प्रदेश अर्थ विभागले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको छ। लोकसभा चुनावको प्रचारका क्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले १ मईदेखि सरकारी कर्मचारीलाई बढेको भत्ता दिने बताएकी थिइन्। १ जूनमा रकम प्राप्त हुनेछ। उनले भनिन्, ‘मैले छलफल गरेर १ मईदेखि नभएर १ अप्रेलबाट पैसा दिने निर्णय गरेँ।‘ गत वर्ष २१ दिसम्बरमा क्रिसमसको अवसरमा मुख्यमन्त्री ममता ब्यानर्जीले कोलकातामा एक कार्यक्रममा भाग लिएकी थिइन्। यहीँ उनले राज्य सरकारी कर्मचारीको महँगाई भत्ता ४ प्रतिशतले बढाउने घोषणा गरेकी थिइन्। उनले भनिन, ‘यो घोषणा १ जनवरी २०२४ देखि लागू हुनेछ।‘ उक्त घोषणापछि नवान्नले नयाँ वर्षको पहिलो साता सरकारी कर्मचारीलाई महँगी भत्ता दिने सूचना जारी गरेको छ। पश्चिम बंगाल सरकारको अर्थ विभागद्वारा अधिसूचना जारी गरिएको थियो। सरकारी कर्मचारी, सरकारले स्वीकृत शैक्षिक संस्थाका कर्मचारी, सरकार मातहतका स्वायत्त निकाय, पञ्चायत तथा पञ्चायतका कर्मचारी, नगरपालिका, नगरपालिका, स्थानीय बोर्ड र अवकाशप्राप्त सरकारी कर्मचारी र निजका परिवारका निवृत्तिभरण पाउने सूचनामा उल्लेख छ। राज्यपालले सबै पक्षलाई अध्ययन गरी भत्ता दिने निर्णयलाई स्वीकृत गरेको पनि सूचनामा जानकारी गराइएको छ।