मोहन चरण माझी ओडिशाका नयाँ मुख्यमन्त्री चयन

Odisha-New-CM-Mohan-Charan-Majhi

नयाँ दिल्ली: भाजपा नेता मोहन चरण माझी ओडिशाको नयाँ मुख्यमन्त्रीमा चयन भएका छन्। रक्षामन्त्री राजनाथ सिंहले मंगलबार यो घोषणा गरेका हुन्  रक्षामन्त्री राजनाथ सिंहले के भी सिंह देव र पार्वती परीडालाई राज्यको उपमुख्यमन्त्री बनाउने बताएका छन्। माझी किनझार सिटका विधायक हुन्। सिंह र केन्द्रीय मन्त्री भूपेन्द्र यादव पर्यवेक्षकको रूपमा उपस्थित रहेको भाजपा विधायक दलको बैठकमा यी निर्णयहरू भएका हुन्। बीजेडी जनता दल प्रमुख नवीन पटनायकको २४ वर्षको कार्यकाल विधानसभा चुनावमा पराजय पछि समाप्त भयो। भाजपा विधायक दलको बैठकमा राज्यको नयाँ मुख्यमन्त्रीको छनोट भएको थियो। जसमा केन्द्रीय मन्त्री राजनाथ सिंह र भूपेन्द्र यादव पर्यवेक्षकका रुपमा सहभागी थिए। भाजपाले २००० र २००४ मा बीजेडीसँग गठबन्धनमा सरकार बनाएको थियो। ओडिशामा पार्टीले आफ्नै बलमा सरकार बनाउने यो पहिलो पटक हो। मोहन चरणले किनझार सिटबाट बीजेडी उम्मेदवार मीना माझीलाई करिब ८७,८१५ मतले पराजित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement