सिलगढी: प्रधाननगर पुलिसले सूचनाको आधारमा कारबाही गर्दै वार्ड नम्बर १ को कुलीपाडास्थित महानन्द पुलबाट चार डाँकालाई पक्राउ गरेको छ। हिजो त्यहाँ करिब ११ जना बदमास जम्मा भएका थिए जसमध्ये ६ जना फरार भएका थिए। पक्राउ परेका चारै जनालाई प्रधाननगर पुलिसले आज महकुमा अदालतमा पेश गरेको छ। उनीहरुको साथबाट धेरै फलामका सामान समेत बरामद भएको र उनीहरु लुटपाटको तयारीमा रहेको बताइएको छ। अभियुक्तहरुको नाम माणिक सिंह, चन्दन मोहन चौधरी, चन्द्र दास र जगदीश बर्मन रहेका छन्। गोप्य श्रोतका आधारमा प्रधाननगर पुलिसले यी चार जनालाई पक्राउ गर्न सफल भएको हो।