चेन्नई: असमको निशामोनी बोराले भर्खरै सम्पन्न अखिल भारतीय विन्डसर्फिङ च्याम्पियनशिप २०२४ मा शीर्ष सम्मान प्राप्त गरेर राज्यको गौरव ल्याएको छ। असमको गोलाघाट जिल्लाको सारुपाथरकी यी साहसी युवतीले पानीमा आफ्नो अतुलनीय सीप देखाइन्। राज्यको लागि गर्वको क्षणमा निशामोनी बोराले चेन्नईमा ५ जूनदेखि ९ जूनसम्म हिन्द महासागरको पानीमा आयोजित अखिल भारतीय विन्डसर्फिङ च्याम्पियनशिप २०२४ मा स्वर्ण पदक जित्नका लागि आफ्ना प्रतिद्वन्द्वीहरूलाई पछि पारिन्। तमिलनाडु सेलिङ्ग एसोसिएसन (टीएनएसए)ले आयोजना गरेको उक्त कार्यक्रममा देशभरका १८ क्लबले सहभागिता जनाएका थिए। उनले कठिन चुनौतीहरूको सामना गरेर उत्कृष्ट प्रदर्शन गरिन्l अन्य सात प्रतियोगीहरूलाई पराजित गर्दै असमका लागि प्रतिष्ठित स्वर्ण पदक जितिन्। यो अभूतपूर्व उपलब्धि उनको कडा परिश्रम र दृढ संकल्पको प्रमाण रहेको छl यसका स्थाई राष्ट्रिय स्तरमा उनको लगातार दोस्रो स्वर्ण पदक पनि हो, जसले विन्डसर्फिङको संसारमा उदाउँदो स्टारको रूपमा आफ्नो हैसियतलाई थप बलियो बनाएको छ।