गजल

00-1-Panchyati-Raj-copy

बजारमा त हजार किसिमको मान्छे भेटिन्छन्

चार दिशामा चार किसिमको मान्छे  भेटिन्छन्

हेर्दा सुकिलो,चिटिक्क परेको नै देखिन्छन्  तर

बुझ्दा भने दुइधार किसिमको  मान्छे भेटिन्छन्  

स्वार्थ भए मीठो , मसिनो बोलेर लठ्ठै पार्छन् ती

नभए उही खुंखार  किसिमको मान्छे भेटिन्छन्

साह्रै नै छ बजारमा बाँच्नेलाई जीवन पार लाउनु

त्यसैले त कोही झार किसिमको मान्छे भेटिन्छन्

काम गर्नेहरू मरी-मरी काम गर्छन् पेटको निम्ति

कोही भने बेरोजगार किसिमको मान्छे भेटिन्छन्

फेशन, दुर्व्यसन र नराम्रा काम बजारमै मौलिन्छन्

फलतः धरतीलाई भार किसिमको मान्छे भेटिन्छन्  

रमिता हुन्छ अनेक थरीको मान्छे थुप्रिने बजारमा

त्यसैले कहीं  चित्रहार किसिमको मान्छे भेटिन्छन्ll  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement