अलिपुरद्वार: मनसुनको आगमनसँगै हात्तीको उपद्रो फेरि शुरु भएको छ। मंगलबार बिहान हात्तीको समूहले मदारीहाट बीरपारा ब्लक पश्चिम खयरबारी ग्राम पञ्चायतको मास्टर पारामा आक्रमण गरेको थियो। हात्तीले चार फरक परिवारको घर क्षतिग्रस्त पारेको छ। उनीहरुले घरमा राखिएको धान, चामल, दाल आदि खाए र बाँकी नष्ट गरे। खबर पाएलगत्तै मदारीहाट रेन्जका वनकर्मी घटनास्थल पुगे। उनीहरुले हात्तीलाई धुम्ची जंगलमा ल्याए। बिहान १५ देखि २० वटा हात्तीको बथानले अचानक आक्रमण गरी घरको बाउन्ड्री पर्खाल भत्काएर सबै सामान नष्ट गरेको पीडित सञ्जीव राई, शरत रोय, मालती रोय, सुचित्रा रायले बताए। पीडितले निवेदन दिएमा सरकारी नियमअनुसार क्षतिपूर्ति पाउने वन विभाग स्रोतले जनाएको छ।