बिहारमा मन्त्री परिषद्को विस्तार १६ अगस्तमा हुनसक्ने

Nitish-Kumar-Tejaswi-Yadav-1

पटना: बिहारको महागठबन्धन सरकारको मन्त्री परिषद् विस्तार १६ अगस्तमा हुनसक्छ। बिहारमा २४ अगस्तमा फ्लोर टेस्ट हुने भएको छ। स्रोतका अनुसार यसअघि बिहारमा मन्त्री परिषद्को तस्वीर स्पष्ट हुनेछ। नितिश कुमारको सरकारमा सात दल छन्। नितिश कुमारले यी सात दलका १६४ विधायकको समर्थनमा मङ्गलबार राज्यपाललाई पत्र बुझाएर सरकार गठनको दाबी गरेका थिए। मन्त्री परिषद्को तस्वीर कस्तो हुन्छ, त्यो भने आउँदो दिनमा थाहा हुनेछ, तर त्यसअघि नै गठबन्धनले आफ्नो दाबी पेश गरिसकेका छन्। कम्तिमा चार मन्त्रालय दिनुपर्ने कांग्रेसको माग छ। कांग्रेस विधायक अजित शर्माले मन्त्री परिषद् विस्तार हुनुअघि कांग्रेसले कम्तीमा चारवटा मन्त्रालय पाउनु पर्ने बताए। तर, योसँगै उनले सोनिया गान्धी र राहुल गान्धीको लागि अन्तिम निर्णय मान्य हुने पनि बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *