घुम जोरबङ्लो महाविद्यालयको शिक्षाशास्त्र विभागद्वारा कला प्रादर्शनी

IMG-20240611-WA0269.jpg

घुम जोरबङ्लो: शिक्षाशास्त्र विभागको आयोजनामा घुम जोरबङ्लो महाविद्यालयले त्याज्यबाट उत्कृष्ट(Best out of Waste) कार्यक्रमको आयोजना गर्‍यो। कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा कलात्मक सचेतनाको बीजारोपणसँग कौशल विकास र समकालीन अवस्थामा पर्यावरणबारे पृथक विमर्श गर्नु रहेको थियो। प्राध्यापिकागण लेक्देन यल्मो, पल्ल्वी राई, समीक्षा प्रधान अनि करिस्मा गुरुङका निर्देशनमा प्रस्तुत प्रदर्शनी उत्कृष्ट एवम् प्रोत्साहनवर्धक रहेको महाविद्यालय प्रभारी विनय गजमेरले बताएका छन्। उनले घुम जोरबंगलो कलेजको विद्यार्थीहरूले फ्याँकिएका चीजबीजहरूबाट काम लाग्ने र विभिन्न सजावटका वस्तुहरू बनाएको बताउँदै विद्यार्थीहरूले फ्याँकिएको र काम नलाग्ने चीजहरूलाई बटुलेर काम लाग्ने र सुन्दर वस्तुहरू निर्माण गरेर आज प्रदर्शनी गरिएको जानकारी गराएका छन्। उनले विद्यार्थीहरूलाई मञ्च र मौका दिएको खण्डमा आफ्नो कला प्रदर्शन गर्न सक्ने र आफुभित्र भएको असल कलालाई अघि ल्याएर देखाउन सक्ने बताएका छन्। उनले घुम जोरबंगलो कलेजमा विद्यार्थीहरूलाई किताबी पढाईसितै योग्यता निर्माण र कौशलको विकास साथै सिर्जनात्मक कार्यहरू पनि सिकाईरहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement