खरसाङ: आज दिलराम सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालयमा समर क्याम्प प्रोजेक्ट अन्तर्गत सेभ वाटर विषयमाथि सचेतना क्रार्यक्रमकाे आयाेजना गरिएको छ। यस सचेतना क्रार्यक्रममा भूमि संरक्षण विभाग दिलरामका रेन्जर अफिसर एलबी सुनुवारद्वारा विद्यार्थीहरूलाई जल संरक्षण विषयमा जानकारी गराए। उनकाे साथमा विभागका अन्य वन कर्मीहरूकाे पनि विशेष उपस्थिति रहेकाे थियो। विद्यालयकाे प्रधान अध्यापक अनिल शर्माद्वारा सञ्चालन गरिएकाे उक्त सचेतना क्रार्यक्रमकाे समापनपछि सम्पूर्ण विद्यार्थीहरू, शिक्षक एवम् शिक्षिकागण साथै भूमि संरक्षण बटविभागका रेञ्ज अफिसर लगायत उनका सहकर्मीहरू सबैलाई लिएर सचेतना रैलीकाे आयाेजना गरियाे। रैलीमा सेभ वाटर विषयमाथि लेखिएकाे विभिन्न प्लकार्डहरू बाेकेर जल संरक्षणमाथि नाराहरू लगाउँदै दिलाराम वरिपरि परिक्रमा गरिएको थियो।

यस अवसरमा दिलाराम पुलिस आउट पोष्टको प्रभारी लगायत सबै पुलिस कर्मीहरूकाे सहभागिता रहेकाे थियाे। आजकाे रैलीलाई सफल बनाएकाेमा विद्यालय प्रमुख अनिल शर्माले भूमि संरक्षण विभाग दिलाराम, पुलिस आउट पाेष्ट दिलाराम साथै विद्यालयका सम्पुर्ण शिक्षक- अशिक्षकगण लगायत विद्यार्थीहरूलाई धन्यवाद दिएका छन्।