पञ्जाबबाट असम लैजाँदै गरेको ४० भैंसी उद्धार

IMG-20240611-WA0230

सिलगढी: फूलबारीमा ४० भैंसीले भरिएको कन्टेनर जफत गरिएको छ। फुलबारी बीएसएफको १७६ बटालियनका सिपाहीले सोमबार राति फुलबारी बाइपास रोडमा कन्टेनर समाते। कन्टेनर पञ्जाबबाट असम जाँदै गरेको बताइएको छ, तर यस घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन। गाडी कब्जा गरेपछि बीएसएफको १७६ बटालियनका सिपाहीहरूले सिलगढी महानगरीय पुलिसको न्यू जलपाईगढी थानालाई बुझाए। पुलिसले ती भैँसी फुलबारीस्थित फार्ममा बुझाएको छ। कन्टेनरमा भेटिएका ४० भैँसीमध्ये २६ भैँसी जिउँदै फेला परेका छन् भने १४ भैँसी मृत अवस्थामा फेला परेका छन्। पुलिसले गाडीको नम्बरका आधारमा घटनाको अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement