धुपगढीमा पुलिस चौकीको उद्घाटन

IMG-20240611-WA0221

जलपाईगढी: जलपाईगढी जिल्ला पुलिसले जलपाईगढी जिल्लाको धुपगढी डिभिजनमा पुलिस सुरक्षा सुदृढ गर्न विशेष कदम चालेको छ। जलपाईगढी जिल्लाको डौकीमारी क्षेत्रमा मंगलबार नयाँ पुलिस चौकीको उद्घाटन गरिएको छ। जलपाईगढी जिल्लाका पुलिस अधीक्षक उमेश खाण्डबहालेले धुपगढी थानाबाट करिब १० किलोमिटर टाढा रहेको दौकीमारी क्षेत्रमा यस नयाँ पोस्टको उद्घाटन गरे। उद्घाटन समारोहमा धुपगढी डिभिजनल पुलिस अफिसर गिल्सन लेप्चा, धुपगढी सब डिभिजनल मजिस्ट्रेट पुष्पा डोल्मा लेप्चा, धुपगढी अतिरिक्त पुलिस अधीक्षक, धुपगढी पुलिस स्टेशन आईसी अनिन्द्य भट्टाचार्य उपस्थित थिए।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement