ब्राउन सुगर र प्रतिबन्धित कफ सिरपसहित एक जना पक्राउ

IMG-20240611-WA0207

सिलगढी: सिलगढीमा फेरि एकपटक पुलिसले ठूलो परिमाणमा ब्राउन सुगर बरामद गरी एक युवकलाई पक्राउ गरेको छ। गोप्य स्रोतबाट प्राप्त जानकारीका आधारमा चार चक्के गाडीबाट १०३ ग्राम ब्राउन सुगर बरामद भएको हो। बंगला-बिहार सीमामा रहेको सिलगढी महकाम परिषदको खरीबारी ब्लकमा रहेको सिङ्गिया जोत क्षेत्रमा गाडीको खोजी गर्दा प्रतिबन्धित कफ सिरप र ब्राउन सुगरका २० बोतल बरामद भएको छ।

त्यसपछि पुलिसले युवकलाई पक्राउ गरी खरीबारी पुलिस चौकीमा ल्याएको थियो। त्यसपछि खरिबारी पुलिस चौकी पानीटङ्कीका पुलिस टोलीले अभियुक्तको घरबाट ९९ हजार ७ सय रुपियाँ र मोटरसाइकल बरामद गरेको थियो। बरामद ब्राउन सुगर तस्करीका लागि बिहार लगिएको बताइएको छ। पक्राउ परेका युवकको नाम एमडी नासिक (२५), जो सिङ्गिया जोतका निवासी बताइएको छ। पक्राउ परेका युवकलाई आज सिलगढी डिभिजन अदालतमा पेश गरिने छ। पक्राउ परेका युवकसित को को संलग्न छन् भन्नेबारे पुलिसले अनुसन्धान गरिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement