यानिक सिनर र इगा स्वियातेक शीर्ष स्थानमा

photocollage_2024611114930191.jpg

नयाँ दिल्ली: इटलीका यानिक सिनरले नवीनतम एटीपी ऱ्याङकिंगमा चोटग्रस्त नोवाक जोकोविचलाई पछि छोड़ेर करियरमा पहिलोपल्ट शीर्ष स्थान हासिल गरे। सिनर एक स्थान अघि बढ़ेर शीर्षमा पुगेका छन्। यसरी २२ वर्षीय सिनर १९७३-मा शुरु भएको कम्प्यूटरीकृत ऱ्याङकिंगपछि पुरुष एकलमा विश्वको नम्बर एक पुरुष टेनिस खेलाड़ी बन्ने पहिलो इटालियन हुन्। उनलाई एक जुलाईदेखि शुरु हुने सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डनमा शीर्ष वरीयता प्राप्त हुनेछ। सिनरले यस सीजनमा तीनवटा खिताब जिते, जसमा जनवरीमा अष्ट्रेलियन ओपनको रूपमा पहिलो ग्राण्ड स्ल्याम खिताब पनि सामेल छ। फ्रेञ्च ओपनमा आफ्नो करियरको तेस्रो ग्राण्ड स्ल्याम खिताब जित्ने स्पेनका कार्लोस अल्काराज दोस्रो स्थानमा पुगेका छन्। यसरी सर्बियाई दिग्गज जोकोविच तेस्रो र जर्मनीका एलेक्जेण्डर ज्वेरेव चौथो स्थानमा रहेका छन्। अल्काराजले आइतवार ज्वेरेवलाई पराजित गरी फ्रेञ्च ओपनको खिताब जितेका थिए।
यसरी डब्ल्यूटीए-द्वारा जारी महिला एकल ऱ्याङकिंगमा शीर्ष स्थानमा कायम पोल्याण्डकी इगा स्वियातेकले आफ्नो बढ़तलाई अझ मजबूत बनाएकी छन्। फ्रेञ्च ओपनमा तेस्रोपल्ट खिताब अनि समग्रमा करियरको पाँचौं ग्राण्ड स्ल्याम खिताब जितेपछि स्वियातेकलाई धेरै फाइदा भएको छ। अमेरिकाकी २० वर्षीय कोको गौफ तेस्रो स्थानमा पुगेकी छन्, जुन उनको करियरको सर्वश्रेष्ठ ऱ्याङकिंग हो। उनी फ्रेञ्च ओपनको सेमिफाइनलमा स्वियातेक विरुद्ध पराजित भएकी थिइन्। गौफले कटरीना सिनियाकोवासँग मिलेर पहिलोपल्ट महिला युगल ग्राण्ड स्ल्याम खिताब चाहिँ जितेकी थिइन्। दुईपल्टकी अष्ट्रेलियन ओपन च्याम्पियन आर्यना सबालेंका दोस्रोबाट झरेर तेस्रो स्थानमा पुगेकी छन्। यसरी २०२२-की विम्बल्डन च्याम्पियन एलीना रायबाकिना चौथो स्थानमा रहेकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement