गोरुबथान: दादीबुलसारा कराते आशियारा काइ कान फाउन्डेसन गोरुबथानले प्रथम नर्थ ईष्टजोन एमएमए एन्ड स्ट्राइकिङ एमएमए च्याम्पियनसिपमा भाग लिएर फर्किएका छन्। यो प्रतिस्पर्धा सिलगढी डिपिएसमा समपन्न भएको थियो।ज्ञात रहोस गोरुबथान क्षेत्रबाट पहिलोपल्ट यस प्रतियोगितामा तीनजना खेलाडीहरुले भाग लिएका थिए।गोरुबथान दादीबुलसारा कराते आशियारा ताई वाइन डु को प्रशिक्षक सचिन राई र टिम म्यानेजर लतिका खालिङले तीनजना प्रशिक्षणार्थीहरु करुणा राई, तुषार भौमिक र प्रनिशा राईलाई यस प्रतियोगितामा भाग लिन लिएर गएका थिए। यस प्रतियोगितामा करुणा राईले स्वर्ण पदक, तुषार भौमिकले रजत पदक र प्रनिशा राईले कास्य पदक प्राप्त गर्न सफल बनेका छन्। यस सफलताको निम्ति प्रशिक्षक सचिन राईले तीनैजनालाई धेरै धेरै बधाई दिँदै आगामी दिनहरुमा अझ राम्रो गर्दै जाने पनि बताएका छन्।