जनकपुर: महोत्तरीको गौशालामा मोटरसाईकलमा सवार अज्ञात दुई जनाको समुहले चलाएको गोली बाट एक जना घाइते भएका छन्। सोमवार जुन १०साँझ ६ बजे गौशाला को मरहा खोला नजिक मोटरसाईकलमा सवार दुई अपरिचित व्यक्तिको गोली प्रहारले गर्दा गौशाला नगरपालिका – ११ का ३२ वर्षीय विनय कुमार महतो घाइते भएका छन्।
घाइते भएका विनयको ढाढमा गोली लागेको छ गम्भीर घाइते भएका महतोलाई उपचारका लागि जनकपुर लगिएको छ। यता घटना को सूक्ष्म अनुसंधान भईरहेको र गोली चलाउने अपरिचित दुई जनाको खोजतलासका लागि पुलिस परिचालन गरिएको जिल्ला पुलिस कार्यालय महोत्तरीका डिएसपी सन्तु प्रसाद जैसवारले जानकारी दिए।
घटना स्थलमा २ राउन्ड गोलीको खोका र दुई राउन्ड गोली बरामद भएको छ।