तक्दाह ग्लेनवर्ण समष्टिमा हाम्रो पार्टीको कार्यलय उदघाटन

IMG-20220811-WA0138.jpg

दार्जीलिङ: जनताको समस्याहरूलाई नजिकबाट हेरेर समाधानको मार्ग निकाल्न तक्दाह ग्लेनर्वण समष्टिमा हाम्रो पार्टीले पार्टी कार्यालयको गरयो उदघाटन। तक्दाह ग्लेनर्वण समष्टिबाट निर्वाचित हाम्रो पार्टीको सभासद शनि तामाङको नीजि आबासमा पार्टी कार्यालयको स्थापना गरेको छ। आयोजित पार्टी कार्यालयको उदघाटन समारोहमा तक्दाह ग्लेनर्वण समष्टिको पार्टी अध्यक्ष सदीप तामाङ विशेष रूपमा उपस्थित रहेका थिए।त्यसरी नै क्षेत्रिया सभासद शनि तामाङ लगायत पार्टी कार्यकर्ता एंव समर्थकहरूको उपस्थिति रहेको थियो।पार्टी कार्यालयको उदघाटन समारोहको शुभारम्भमा बौद्व भिक्षु उर्फ लामाहरूद्वारा विधिवत पूजा अर्चनाहरू गरिएपछि समष्टि अध्यक्ष सदीप तामाङ र क्षेत्रिया सभासद शनि तामाङको बाहुलीद्वारा रिविन काटेर पार्टी कार्यालयको उदघाटन गरियो। उदघाटन समारोहपछि समष्टि अध्यक्ष सदीप तामाङ र क्षेत्रिया सभासद शनि तामाङले तक्दाह ग्लेनर्वण समष्टिको जनता जर्नादाहरूको समस्याहरू नजिकबाट हेरेर समाधानको पहल गर्न सकौ भन्ने उदेश्यले पार्टी हाई कमाण्डको निर्देश अनुरूप आफुहरूले पार्टी कार्यलय बसाएको हो भन्ने बताए। समष्टि अध्यक्ष तामाङले अघि भने तक्दाह ग्लेनर्वण समष्टिको जन साधारणहरूको जे जस्तो समस्याहरू छन् ती समस्याहरू हाम्रो पार्टीको कार्यालयमा आएर राखे हामी ती समस्याहरूको समाधानको मार्ग निकाल्ने छौ भन्ने तिनले बताए। तक्दाह ग्लेनर्वण समष्टिमा हाम्रो नारी शक्ति समूह,युवा एकाई आदि जस्ता हाम्रो पार्टीको भातृ संगठनहरूको पनि गठन एंव विस्तारको कार्य गर्ने छौ भन्ने अध्यक्ष तामाङले बताए।त्यसरी नै क्षेत्रिया सभासद शनि तामाङले अधि भने जीटीए सभा चुनावको अवधि हामीले जनता एंव मतदाताहरूलाई जो वचन दिएका थियौ,जीटीए सभामा हाम्रो पार्टीको बोर्ड गठन नभए तापनि ती वचनहरूलाई पूरा गर्ने सक्दो प्रयास गर्ने छौ तिनले भने। हाम्रो पार्टीको निर्वाचित जन प्रतिनिधिहरू नहुदा पनि जनताको सेवा कार्यहरू गर्दै आएका थिए अनि आज पनि गर्दै आईरहेको छ साथै भविष्यमा पनि गर्नेछ भन्ने सभासद तामाङले बताए। आफुहरूले सभासदको सपथ लिएको महिना दिन मात्र हुँदैछ जीटीएबाट हुने विकाश योजनाहरू समष्टिमा ल्याउने साथै समष्टिको विकाश कार्यमा लगाइने सभासद तामाङले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *