ब्राउन सुगरसहित लेटाङका बिष्ट पक्राउ

IMG-20240611-WA0119.jpg

बिराटनगर: लागुऔषध ब्राउन सुगर सहित पुलिसले एक जनालाई पक्राउ गरेको छ। कोशी प्रदेश पुलिस कार्यालयको प्रादेशिक अनुसन्धान समुहबाट खटिएको पुलिस टोलीले सोमबारजुन १० मा अपरान्ह लागुऔषध ब्राउन सुगरसहित मोरङ लेटाङ नगरपालिका-९ का २२ बर्षीय प्रबिन बिष्टलाई पक्रउ गरेको हो।

मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितमा चेक जाँचको क्रममा बिष्टको साथबाट ब्राउन सुगर ९ ग्राम ३१ मिलिग्राम सहित पक्राउ गरेको कोशी प्रदेश पुलिस कार्यालय बिराटनगरले जनाएको छ। लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनको ईलाका पुलिस कार्यालय रानीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement