बेलबारीका ३१ विद्यालयका अध्यक्षहरुले दिए सामुहिक राजिनामा

IMG-20240611-WA0121.jpg

बिराटनगर: शिक्षा समितिको सिफारिस र कार्यपालिकाको निर्णय अत्यन्तै त्रुटिपुर्ण रहेको साथै दरवन्दी मिलानको गर्ने नाममा विद्यालयको हित विपरीत कार्य गरेको भन्दै मोरंग जिल्लाको बेलबारीका सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुद्वारा सामुहिक राजिनामा दिएका छन्।सोमवार जुन १०मा बेलबारी नगरपालिका मेयर दिल प्रसाद राईलाई राजिनामा पत्र बुझाउदै नगरपालिकाको शिक्षा समितिले कुनै पनि विद्यालयका व्यवस्थापन समिति संग समन्वय नगरी आग्रह पुर्वाग्रहका साथ सरुवा गरिएको घटना प्रती आपत्ति रहेको काली माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र खड्काले बताए। नगर प्रमुख संग पटक पटक छलफलका क्रममा नयाँ शैक्षिक सत्र सुरु भएको दुई साता हुनलाग्दा हालको अवस्थामा दरवन्दी मिलानका कुरा, दरवन्दी हटाउने कुरा बैज्ञानिक नरहेको र ऐन विपरीत समेत रहेको हामिले बताउदै गर्दै समेत हाम्रो कुरा सुनुवाई नभएपछि हमिले संयुक्त रुपमा राजीनामा दिन बाध्य भएको अध्यक्ष खड्काले बताए। सामुदायिक विद्यालयहरुलाई समाप्त पार्ने उद्धेस्यका साथ नगरपालिका शिक्षा समितिले गलत निर्ण लिएको हुनाले यहि अवस्थामा समितिमा बस्न नसक्ने ठहरको साथ सामुहिक राजीनामा दिईएको विज्ञप्तीमा उल्लेख छ। उक्त विज्ञप्तीमा एघार विद्यालय व्यवस्थापन समितिको हस्तक्षर रहेको छ। बेलबारीमा ३१ सामुदायिक विद्यालय रहेका छन्। तर शिक्षा शाखा बेलबारीकी प्रमुख एलिना बस्नेतले भने नियमले भेटे अनुसार मात्र दरवन्दी मिलान गरिएको बताईन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement