गान्तोक: एसकेएम पार्टी सरकारमा आएपछि खुल्लारूपमा मैदानमा शपथ ग्रहण गरिने प्रथा शुरू भएको हो। वर्ष २०१९ मा सर्वप्रथम एसकेएम पार्टीले १७ सीट जितेर सरकार गठन गरेको थियो भने २७ मईको दिन राजधानीस्थित पाल्जर स्टेडियममा पहिलो पल्ट एसकेएम पार्टीका अध्यक्ष प्रेम सिंह तामाङले मुख्यमन्त्रीकोरूपमा शपथ ग्रहण गरेका थिए। त्यस समयमा तत्कालिन राज्यपाल गंगा प्रसादले मुख्यमन्त्रीको शपथ ग्रहण गराएका थिए। तर एसडीएफ पार्टीले २५ वर्षसम्म सरकार चलाउने क्रममा एक पल्ट पनि खुल्लारूपमा मैदानमा शपथ ग्रहण कार्यक्रम आयोजना गरिएन। जनताले शपथ ग्रहण कार्यक्रम कस्तो हुन्छ भन्नेबारे उत्सुक रहेका थिए, जुन एसकेएम पार्टीको सरकार गठन गरेपछि जनताको त्यो कौतहुलतालाई पुरा गर्न सफल बनेको छ। सोही प्रकारले आज पनि पाल्जर स्टेडियमा हजारौं मानिसहरूको उपस्थितिमा खुल्लारूपमा मुख्यमन्त्री तामाङले दोस्रो पल्ट मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गरे।