गान्तोक: आज गान्तोकको पाल्जोर स्टेडियममा आयोजित ११औं विधानसभाको मुख्यमन्त्री र मन्त्री परिषदको शपथ ग्रहण समारोहमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यले मुख्यमन्त्री प्रेमसिंह तामाङ र ११ मन्त्री परिषदलाई पद एवं गोपनीयताको शपथ दिलाए।
राज्यपालले नयॉं सरकार गठनको निम्ति आफ्नो बधाई एवं शुभकामना व्यक्त गर्दै नवगठित सरकार देश र प्रदेशको प्रगतिको पथमा अझ धेरै अग्रसर बन्ने र सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे। राज्यपालले भने, ‘पूर्वोत्तर क्षेत्रको अग्रणी राज्य र विकसित भारतको निम्ति अनुकरणीय विकास मडल सिक्किम देशको मुख्यधारासित जोडिएर अझ धेरै नयॉं आयामहरू स्थापित गर्नेछ।’
शपथ ग्रहण समारोहको शुभारम्भ विभिन्न धर्मको मन्त्र जपको साथमा गरियो जुन सिक्किमको साम्प्रदायिक सद्भावनाको प्रतीक रहेको राजभवनद्वारा आज जारी प्रेस विज्ञप्तिमा बताइएको छ।










