पद्मश्री केदर गुरूङद्वारा लिखित पुस्तक उकाली ओरालीहरूमा बिसाउनेको चौतारी बिमोचित

IMG-20240611-WA0002.jpg

गान्तोक: नेपाली साहित्यका वरिष्ठ साहित्यकार पद्मश्री केदार गुरुङद्वारा लिखित पुस्तक “उकाली ओहालीहरुमा बिसाउने चौतारी निबन्ध संग्रहको लोकार्पण कार्यक्रम सम्पन्न भयो।

पश्चिम सिक्किम साहित्य प्रकाशनको ब्यानरमा यहाँको निजि कार्यलय गेजिङमा स्रष्टा पुरस्कार निर्णायक मण्डलीको अगुवाइमा पुस्तक लोकार्पण कार्यक्रम सम्पन्न भएको हो। आजको यस कार्यक्रममा पश्चिम सिक्किम साहित्य प्रकाशनकि अध्यक्ष रिकि लामु लेप्चा, स्रष्टा सम्पादक एवं साहित्यकार दलमान मुखिया पिर, साहित्यकार गोबरधन बास्तोला, साहित्यकार सिएल गुरुङ, लक्ष्मी प्रशाद गुरुङ, धनसिङ बिश्व, चन्द्र राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

सिक्किममा लामो समयदेखि साहित्य लेखनमा कलम चलाउने आएका पद्मश्री केदार गुरुङको लगभग तीन दर्जन मध्ये यो एउटा कृति हो। कथा, निबन्ध, कविता लेख पछिको यो निबन्ध संग्रह लोकार्पण कार्यक्रमको अध्यक्षता प्रकाशनकी अध्यक्ष रिकि लामु लेप्चाले गरेकी थिइन्। पद्मश्री गुरुङको साहित्यिक यात्रा माथी साहित्यकार गोबरधन बास्तोलाले प्रकाश पारेका थिए। पुस्तक लोकार्पण पछि कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार गुरुङले आफूले साहित्य क्षेत्रमा कलम चलाउन नेपाली भाषा साहित्यको संरक्षण गर्ने उदेश्य रहेको बताए। साहित्य निभ्नु र निभाउनु हुन्न भन्दै साहित्यको बिकास नभए समाज अन्धकार हुने बताएका छन्। समाज देश र राष्ट्रको बिकासमा सबैले कलम चलाउन आग्रह गरे। वर्तमानमा लेखन शैलीमा बड्दै गरेको अशुद्धतालाई ध्यानाकर्षण गर्न शुद्धीकरणमा जोड दिनुपर्ने बताए।

नेपाली साहित्यलाई निहाल्दा कतिपय स्थानमा त्रुटि पाइन थालेकाले खेद प्रकट गरे। भाषा साहित्यको संरक्षणमा ग्रामेटिकलको बडी ध्यान राख्न सुझाव दिए। आफू बोल्न जान्दछु भन्ने भावमा आफूले बोलेको भाषा र लेखाइमा शुद्धता छ के त? भन्ने कुराको ख्याल राखेर नेपाली भाषाका शुद्धीकरण गर्न सुझाव दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement