भारत विरुद्ध हारपछि पाकिस्तान टीमको आलोचना गरे वसीम अकरमले

IMG-20240610-WA0272.jpg

न्यूयोर्क: आइतवार राति भारत विरुद्ध टी२० वर्ल्ड कपको म्याचमा असल स्थितिमा भएर पनि पाकिस्तान अन्तमा लाजमर्दो हारको सम्मुखीन भयो। केवल १२० रनको लक्ष्यलाई खेदो गर्दै पाकिस्तानी टीमले एक समय ३ विकेटमा ८० रन बनाइसकेको थियो तर पछिबाट दयनीय प्रदर्शनले गर्दा टीमले म्याच गुमायो। पाकिस्तानका महान पेस बलर वसीम अकरमले स्टेडियममा बसेर यस्तो भएको देखेपछि आफ्नो टीमको खुलेर आलोचना गरेका छन्। अकरमले पाकिस्तानको टीमलाई शत्रुको आवश्यकता नरहेको बताए। अकरमले भने, पाकिस्तानको टीमलाई मैदानमा शत्रु चाहिँदैन। उनीहरू आफ्नै शत्रु हुन्। क्रिकेट कसरी खेल्नु पर्छ भन्ने अब के हामीले उनीहरूलाई सिकाउनु? यी सबैजना गत ८-१० सालदेखि खेलिरहेका छन्। रिजवानको खेलप्रति कुनै जागरुकता (गेम अवेयरनेस) छैन। बुमराहलाई विकेटकै निम्ति बलिंगमा फर्काइएको कुरा उनले बुझ्नु पर्ने थियो तर ठूलो शट् खेल्ने प्रयासमा उनले आफ्नो विकेट गुमाए। अकरमले टीममा इफ्तिखार अहमदको चयनमाथि पनि प्रश्न उठाए। उनले भने, उनी कुन दक्षताको साथ टीममा खेलिरहेका छन् भन्ने मैले बुझ्न सकेको छुइनँ। उनले हरेक शट् लेग साइडमा मात्र हिर्काउन जान्दछन्। असल प्रदर्शन गर्न नसके प्रशिक्षकले टीममा निकाल्नेछन् भन्ने पाकिस्तानका क्रिकेटरहरूको सोच रहेको छ। अब प्रशिक्षकहरूलाई कायम राखेर पूरा टीमलाई नै ब‌द्लिने समय आएको छ। यसको साथमा अकरमले पाकिस्तान टीमका केही खेलाड़ीहरूबीच आपसी बातबीच पनि बन्द रहेको खुलासा गरे। उनले यी खेलाड़ीहरूलाई टीमबाट बाहिर गर्ने परामर्श दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement