गान्तोक: सिटिजन एक्शन पार्टी सिक्किमका उपाध्यक्ष अनिल नेपालले पार्टीका सदस्यहरूसँग आज दिउँसो राङ्गाङ याङ्गाङ विधानसभा क्षेत्रअन्तर्गत पर्ने मजुवाको पैह्रो प्रभावित गाउँको भ्रमण गरे। गत राति आएको भारी वर्षाले पैह्रो जाँदा प्रभावित भएको थियो। भ्रमणका क्रममा नेपालले पीडित परिवारसँग भेट गरी अवस्थाको बारेमा जानकारी लिएका थिए। तीनजनाले दुखद जीवन गुमाएको खबर छ। एक जनाको अवस्था गम्भीर छ। पैह्रोले घरमा व्यापक क्षति पुऱ्याएको छ। पीडितहरुको पुनर्स्थापनाका लागि तत्काल कार्यवाही शुरु गरेको छ। अविरल वर्षा र पैह्रोले गाई, सुँगुर, कुखुरा लगायतका पशुधनको ठूलो क्षति भएको छ। सिटिजन एक्शन पार्टीले सिक्किमका जनतालाई मजुवा गाउँका प्रभावित बासिन्दाहरूका लागि अगाडि आउन र सहयोग गर्न अपील गरेको छ। यस विनाशकारी प्राकृतिक प्रकोपमा आफ्ना प्रियजन गुमाएका प्रभावित परिवारहरूलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरेको छ। यस कठीन समयमा पीडित र उनीहरूको परिवारसँग सिटिजन एक्सन पार्टी रहेको उल्लेख गरेको छ।