कोलकाता: भारतको सबैभन्दा ठूलो ज्वेलरी रिटेल ब्राण्ड र टाटा समूहको सदस्य तनिष्कले सुनको मूल्य बढ्दै गएपछि र आफ्ना उपभोक्ताहरूको बढ्दो, बदलिँदो आवश्यकतालाई शून्य कटौतीमार्फत उपलब्ध गराउन ‘गोल्ड एक्सचेन्ज नीति’ ल्याएको एक प्रेस विज्ञप्तिमा बताएको छl विज्ञप्तिका अनुसार, उपभोक्ताहरूका लागि सुनको उत्कृष्ट मूल्यको यो एक्सचेन्ज नीतिले तनिष्कको नयाँ डिजाइनसहितको सुनलाई अपग्रेड गर्ने सुनौलो अवसर प्रदान गरिरहेको छ। ग्राहक-केन्द्रित ब्राण्ड भएकोले तनिष्कले आफ्ना सबै कामहरूमा आफ्ना उपभोक्ताहरूलाई सधैं महत्त्व दिएको बताइएको छ। तनिष्कको गोल्ड एक्सचेन्ज नीति उपभोक्ताको विश्वास र संलग्नतालाई सुदृढ गर्न उत्कृष्ट मूल्य, अतुलनीय शिल्प कौशल र पारदर्शी विनिमय प्रक्रिया प्रदान गर्ने ब्राण्डको प्रतिबद्धतालाई हाइलाइट गर्ने पहल हो।
सुनको मूल्य लगातार बढ्दै गएपछि उपभोक्ताहरू आफ्नो पुरानो सुनको सबैभन्दा बढी मूल्य प्राप्त गर्ने उपायहरू खोजिरहेका छन्। आफ्ना उपभोक्ताहरूको बढ्दो, परिवर्तनशील आवश्यकताहरू बुझ्दै, तनिष्कले आफ्ना उपभोक्ताहरूलाई भारतमा जुनसुकै जौहरीबाट खरिद गरेको २२ क्यारेट वा सोभन्दा माथिको सुनमा १००% मूल्य प्राप्त गरी उत्कृष्ट मूल्य प्रदान गर्दै आएको प्रेस विज्ञप्तिमा बताएको छ। यस अफरमा उपभोक्ताहरूले तनिष्कको पछिल्लो कलेक्शनबाट सुन्दर गहनाहरू प्राप्त गर्ने सुनौलो अवसर पाउने बताइएको छ। प्रेस विज्ञप्तिका अनुसार, ‘उपभोक्ताको रोजाइ र रुचीलाई ध्यानमा राख्दै, तनिष्कले समसामयिक र क्षेत्रीय डिजाइनको फराकिलो दायरा ल्याएको छ जसमा प्लेन सुन, गिलास कुन्दन, कुन्दन पोल्की, ओपन पोल्की, पीजेडब्लुएस, कलर स्टोन आदिबाट बनेका अनौठा गहनाहरू छन्।‘
‘यो नीति सबै तनिष्क स्टोरहरूमा प्राप्त गर्न सकिन्छ। विवाहको सिजन र अन्य अवसरमा ठूलो परिमाणमा सुन किन्ने गरेको अवस्थामा यो नीति ल्याइँदा उपभोक्तालाई फाइदा पुगेको छ। अचम्मको ब्राइडल ज्वेलरी किन्ने होस् वा आफ्नो मेहनतले कमाएको पैसाको लागि उत्तम मूल्य प्राप्त गर्न चाहने होस् वा नयाँ प्रचलनहरूमा उत्सुक फेसनिस्ट वा उत्कृष्ट मूल्यमा निर्दोष कारीगरी खोज्ने डिजाइन खोज्ने व्यक्ति, तनिष्कको गोल्ड एक्सचेन्ज कार्यक्रमले तपाईंको प्राथमिकताहरू पूरा गर्नेछ। तनिष्कले सुनका गहनाको खरिद बिक्रीमा पूर्ण पारदर्शिता राखेको छ र यसै कारणले देशकै उत्कृष्ट ज्वेलरी ब्राण्डको रूपमा आफ्नो स्थान कायम राख्दै लाखौं उपभोक्ताको विश्वास जितेको छ। तनिष्कले परम्परागत, पश्चिमी र फ्युजन लुक्समा ५० हजार भन्दा बढी गहनाहरू प्रदान गर्दछ’, प्रेस विज्ञप्तिमा बताइएको छl