उत्तर बंगालमा भारी वर्षाको सम्भावना

IMG-20240610-WA0228.jpg

सिलगढी: मौसम विभागले उत्तर बङ्गालमा भारी देखि धेरै भारी वर्षा हुने भविष्यवाणी गरेको छ। अलिपुरद्वार मौसम विभागका अनुसार उत्तर बंगालको दार्जिलिङ, कालिम्पोङ, जलपाईगुडी, अलिपुरद्वार र कोचबिहार जिल्लाहरूमा भारी वर्षाको सम्भावना छ। सोमबार जलपाईगुडी र अलीपुरद्वारमा भारी वर्षाको सम्भावना छ। अलिपुरद्वार, जलपाईगुडी र कालिम्पोङ जिल्लामा मंगलबार भारी वर्षाको सम्भावना छ। बुधवार र बिहीबार जलपाईगुडी अलीपुरद्वार, कोचबिहारमा धेरै भारी वर्षा हुने सम्भावना छ। मालदा, उत्तर र दक्षिण दिनाजपुरमा भारी वर्षासँगै हावाहुरी चल्नेछ। दार्जिलिङ र कालिम्पोङमा हावाहुरीसहित भारी वर्षाको सम्भावना छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement