सिलगढी: इन्टरसिटी एक्सप्रेसमा महिला यात्रुलाई लुट्ने घटना सार्वजनिक भएको छ। महिलाको झोला तान्दा लुटेरा र महिला यात्रु रेल ट्र्याकमा खसेका थिए। सिलगढीबाट कटिहारका लागि इन्टरसिटी एक्सप्रेस चलिरहेको बेला उक्त घटना भएको हो। यो घटना नक्सलबारी रेलवे स्टेशन पार गरेपछि भएको हो। श्रीमान श्रीमतीलाई डाक्टरकहाँ लगेर रेल चढेर घर फर्किंदै गर्दा लुटेराले महिलाको झोला खोसेको बताइएको छ। चलिरहेको रेलबाट खसेपछि महिलाको टाउकोसहित शरीरभर चोट लागेको थियो। घाइते महिलालाई नक्सलबारी अस्पतालमा प्राथमिक उपचारपछि सिलगढी जिल्ला अस्पताल पठाइएको थियो। घाइते महिला इस्लामपुर काकाली मण्डलको सुकान्तपल्ली निवासी हुन्। रेलवे पुलिसले घटनाको अनुसन्धान गरिरहेको छ। -न्यूज एसिया