घैयाबारीको नेताजी हाई स्कूलमा सप्ताहव्यापी पर्यावरण दिवस अन्तर्गत सेफ इनर्जीको विषयमा कार्यक्रम

IMG-20240610-WA0236.jpg

तीनधारे: घैयाबारी नेताजी हाई स्कूलमा पर्यावरण दिवसको चौथो दिन आज सेफ इनर्जीको विषयमा कार्यक्रम सम्पन्न भयो। आजको कार्यक्रममा दशौं श्रेणीको छात्र आर्यन थापाले सोलर इनर्जीको एउटा मोडल तयार पारेर यस विषयमा जानकारी गराएका थिए। यसको साथै दशौं श्रेणीको छात्र मिङमार तामाङले सेभ इनेर्जी अनि सोलर इनर्जीको विषयामा बोल्दै- हामी घरदेखि बाहिरा जाँदा घरमा भएको लाईट, फ्रीज, फ्यान साथै पानीको कलहरु बन्द गरेर जानुपर्छ। यसले गर्दा हाम्रो इनर्जी सेभ हुन्छ साथै यसो गर्नाले दुर्घटनाहरु पनि घरमा हुँदैन। आजको समयमा सरकारले पनि सोलर इनर्जीलाई प्राथमिकता दिएको हामीले देखिरहेका छौं भनी बताएका छन्। सोलर इनर्जीले गर्दा जुन ठाउँमा लाईटहरु पुग्न सकेको छैन ती ठाउँमा यो सोलरले गर्दा धेरै राम्रो भएको छ।

यसको साथै यो सोलर इनर्जी हामीले घामबाट पाउने हुनाले यो कहिले पनि सकिँदैन भनी बताए। यस कार्यक्रमलाई शिक्षक सञ्जय प्रधान अनि बिपन विश्वकर्मले सहयोग गरेका थिए। नेताजी हाई स्कूलले विगत 5 जूनदेखि यस्ता विभिन्न सचेतामूलक कार्यक्रम गर्दै आईरहेका छन् भनी घैयाबारी नेताजी हाई स्कूलको शिक्षक प्रभारी दिनेश प्रधानले जानकारी गराएका छन् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement