सिलगढी: सिलगढी नगरनिगमले फेरि अवैध निर्माण विरुद्ध अभियान शुरु गरेको छ। अदालतको आदेशमा निगमले अवैध निर्माण भत्काएको हो। सोमबार निगमका कर्मचारीले सिलगढीको वार्ड नम्बर ४३ को भानु नगर क्षेत्रमा अवैध निर्माण भत्काए। कुनै अप्रिय घटना हुन नदिन घटनास्थलमा पुलिस परिचालन गरिएको थियो। यो अवैध निर्माणलाई लिएर अदालतमा मुद्दा चलिरहेको अवस्थामा अन्तत अदालतको आदेशमा उक्त अवैध निर्माण भत्काइएको बताइएको छ। केही दिनअघि अदालतको आदेशमा निगमले अवैध निर्माण भत्काएको थियो।










