गुरुदेव निमा होइसर कर्म वाङचुक टुल्कुप्रति समर्पित भजन ‘निश्छल नयन’ सार्वजनिक

ce867757-f019-475f-855c-7c457f636446

८०वाँ जन्मदिन दिवसको पवन अवसरमा भजन सार्वजनिक: गायक लाक्पा छिरिङ तामाङ

मङ्पू: गुरूदेव निमा होइसर कर्म वाङचुक टुल्कुको हिजो ८०वाँ जन्मदिन दिवसको पवन अवसरमा युवा गायक लाक्पा छिरिङ तामाङको संगीत र स्वरमा रहेको भजन ‘निश्छल नयन’ सार्वजनिक गरिएको छ। गुरूदेवप्रति समर्पित गरिएको उक्त भजनलाई मङ्पू साङ्गे जाम्बुलिङ सार्वजनिक गुरुङ गुम्बा परिवारले निर्माण गरेका छन्। युवा सर्जक दिलकस विद्याभूषण तामाङको शब्द रचना रहेका उक्त भजनलाई गायक लाक्पा छिरिङ तामाङले संगीत र स्वर दिएका छन् भने सुरेन बर्मेले संगीत संयोजन गरेका छन्। मङ्पू साङ्गे जाम्बुलिङ सार्वजनिक गुरुङ गुम्बामा आयोजित गुरूदेव कर्म वाङचुक टुल्कुको ८०वाँ जन्म जयन्तीको पवन पूजा अनुष्ठानदेखि सार्वजनिक गरिएको ‘निश्छल नयन’ भजनलाई गुम्बा कमिटीका अध्यक्ष प्रकाश गुरुङ, सचिव आशिष गुरुङ, गुम्बा निर्माण समितिका सदस्यवर्ग, मङ्पू साहित्य संस्थानका अध्यक्ष सुभद्र बम्जन, सचिव दीप थापा, पूर्व शिक्षिका चन्द्रकला गुरुङ, गायक कुङ्गा तामाङ आदिको सुबाहुलीबाट लोकार्पित गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै शब्दकार दिलकस विद्याभूषण तामाङले आफूहरूको सृजनालाई यति धेरै माया गरेर मङ्पू साङ्गे जाम्बुलिङ सार्वजनिक गुरुङ गुम्बा परिवार लगायत निर्मला गुरुङ, प्रदीप गुरुङका सपरिवारले भजनको रूपमा निर्माण गरिदिएकोमा आभार प्रकट गरे। उल्लेखनीय छ, उक्त भजन ‘निश्छल नयन’ गुरूदेव कर्म वाङचुक गुरुङ टुल्कुको दिव्य करकमलबाट गत ८ जूनको दिन नै विधिवत रूपमा शुभोद्घाटन गरिएको थियो। उक्त भजनमा गायक लाक्पा छिरिङ तामाङले पहिलोपल्ट संगीत दिएका छन् भने अर्कोतिर युवा सर्जक दिलकस विद्याभूषण तामाङले भजन लेखनमा यो पहिलो रचना रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement