कोशी प्रदेशबाट भित्रियो मनसुन

IMG-20240610-WA0214.jpg

विराटनगर: यस वर्षको मनसुन प्रणाली जुन १० आजदेखि नेपाल भित्रिएको छ ।कोशी प्रदेशको पूर्वी भू-भागबाट प्रणाली प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस वर्षको मनसुन सरदर मिति भन्दा ३ दिन छिटो गरि प्रवेश गरेको छ। अब देशको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने देखिन्छ। नेपालमा दक्षिण हिन्द महासागर, भारतको केरला, बंगालको खाडी, सिक्किम हुँदै नेपालको ताप्लेजुङ–इलामतर्फबाट मनसुन नेपाल प्रवेश गर्छ। नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ। गत वर्ष नेपालमा १२४ दिनसम्म रहेर )८ अक्टूबरमा मनसुन बाहिरिएको थियो। सरदर मितिभन्दा एक दिन ढिला गरी १३ जुनमा भित्रिएको मनसुन १३ दिन ढिलो बाहिरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement