२३ जूनमा विवाह गर्दै सोनाक्षी

SOnakshi

मुम्बई: बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले प्रेमी जाहिर इक्बालसँग यही २३ जूनमा मुम्बईमा विवाह गर्ने भएकी छन्। उनीहरुले सार्वजनिक रुपमा एकअर्काको प्रेम नस्वीकारे पनि उनीहरुले २३ जूनमा विवाह गर्ने निर्णय लिएका हुन्। अहिले चर्चामा रहेको सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ अभिनेत्री सोनाक्षीले आफ्नो निकट साथीभाई तथा परिवार र आफन्तलाई विवाहमा आउनका लागि निम्तो दिइसकेकी छन्। उनीहरुको विवाह मुम्बईको बास्टियनमा हुनेछ। सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेममा छन्। हालैमात्र सोनाक्षीको जन्मदिनमा जाहिरले सामाजिक सञ्जालमा सोनाक्षी र आफ्नो तस्वीर राख्दै जन्मदिनको शुभकामना दिएका थिए।

About Author

Advertisement