प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

4.jpeg

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारतमा तेस्रो पटक प्रधानमन्त्री बनेका मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले भेटमा समकक्षी मोदीलाई बधाई ज्ञापन गरेका छन्। आईतबार बेलुका भएको भेटमा नेपाल–भारतबीच रहेको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको छ। सो अवसरमा नेपाल र भारतकाबीचमा विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनको विषयमा समेत विचार विमर्श भयो। दाहालले मोदीसँग भेटमा छोरी गंगा दाहाललाई समेत साथै राखे। प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको सपथ ग्रहण समारोहमा समेत सहभागी भए। दाहाल आईतबारमात्रै भारत पुगेका पुगेका हुन्। टोलीमा दाहालकी सुपुत्री गंगा दाहाल, कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारीहरु संलग्न छन्। प्रधानमन्त्री दाहाल सोमबार साँझ काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement