कोचबिहारमा भाजपाको कार्यालयमा हमला

IMG-20240610-WA0168

कोचबिहार: पश्चिम बंगालमा चुनावपछि राज्यका विभिन्न स्थानबाट लगातार हिंसाका घटनाहरूको समाचार आइरहेको छ। यसै सिलसिलामा कोचबिहारमा भाजपाको पार्टी कार्यालयमा हमला भएको छ। कोचबिहार जिल्लाको तुफानगञ्ज नम्बर २ ब्लकको सालबारी २ ग्राम पञ्चायतको गबुरडांगा क्षेत्रमा यो घटनालाई लिएर तनाव फैलिएको छ। सो क्षेत्रमा रहेको भाजपाको कार्यालयमा व्यापक तोडफोड गरिएको छ।

रातको अँध्यारोमा पार्टी कार्यालयमा आक्रमण गरेको आरोप भाजपाले तृणमूल कांग्रेसमाथि लगाएको छ। कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालयमा राखिएको टीभी, कुर्सी, टेबुललगायतका सामग्री तोडफोड गरिएको छ। यो काम तृणमूल कांग्रेसको तर्फबाट भएको आरोप लगाइएको छ, यद्यपि तृणमूल कांग्रेसले यस मामिलामा कुनै पनि संलग्नतालाई पूर्ण रूपमा अस्वीकार गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement