बिराटनगर: मोरङ्गको बेलबारीमा हात्ती आतंक शुरु भएको छ। रविबार राति गाँउ छिरेका दुईवटा माउहात्ती र एउटा बच्चा सहितको हात्ती बेलबारी ३ स्थित टुक्रेबाट धिमाल टोल हुँदै आचार्य कृषि फर्म सम्म आईपुगेर क्षति पुर्याएको छ। फर्म सञ्चालक लिला आचार्यले लगाएको मकैखेतीमा पसेर हात्तीले लगभग ५ कठठा जमिनमा लगााएको मकै पुरै नस्ट गरेको छ भने १ कठठा जमिनमा लगााएको बिकासे घाँस समेत नस्ट गरेको आचार्यले जानकारी दिएका छन्।








