सिलगढी: नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो साँझ राष्ट्रपति भवनमा शपथ लिएका हुन्। त्यस अवसरमा देशभरका भाजपा कार्यकर्ता र समर्थकहरूले यस दिनलाई हर्षित र उत्साहका साथ मनाए। साथै, जलपाईगुडी जिल्लाको फुलबारी २ ग्राम पञ्चायत क्षेत्रमा सयौं लड्डू वितरण गरिएको थियो। यस सम्बन्धमा बीजेपीका फुलबारी मण्डलका उपाध्यक्ष राजीव साहले भने, ‘नरेन्द्र मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनु हाम्रो लागि ठूलो खुशीको कुरा हो । साथै, बीजेपीले जलपाईगुडी लोकसभा सीटमा भारी मतले जितेको छ, जसको उत्सवमा लड्डू बाँडिएको छ।







