पेरिस: स्पेनका युवा टेनिस खेलाड़ी कार्लोस अल्काराजले पुरुष एकलको फाइनलमा जर्मनीका अलेक्जेण्डर ज्वेरेवलाई पराजित गरी सालको दोस्रो ग्राण्ड स्ल्याम फ्रेञ्च ओपनको खिताब जिते। पाँच सेटसम्म चलेको फाइनल म्याचमा जित्न स्पेनिश खेलाड़ीलाई निक्कै मेहनत गर्नु पऱ्यो। अन्तमा गएर अल्काराजले जर्मन खेलाड़ीलाई ६-३, २-६, ५-७, ६-१, ६-२-ले पराजित गरी ट्रफी जिते। साल २०२२-देखि अल्काराजले प्रत्येक साल एउटा गरेर ग्राण्ड स्ल्याम खिताब जितेका छन् अनि यो उनको तेस्रो ग्राण्ड स्ल्याम खिताब हो। यसअघि २१ वर्षीय अल्काराजले २०२२-मा यूएस ओपन र २०२३-मा विम्बल्डनको खिताब जितेका थिए। पहिलो सेट सजिलै जितेपछि अल्काराजले गल्ती गर्न शुरु गर्दा ज्वेरेवले दोस्रो र तेस्रो सेट जितेर आफ्नो पल्ला भारी गरे। दबाउको परिस्थितिबीच अल्काराजले पनि चौथो सेट जितेर म्याचलाई रोमाञ्चक मोड़मा पुऱ्याए। त्यहाँबाट उनले असाधारण प्रदर्शन गर्दै पाँचौं सेटको साथमा म्याच पनि झोलीमा हाले।
अल्काराजको यो ११औं एटीपी टूर खिताब हो। यसको साथमा २१ वर्षीय अल्काराज तीनवटा अलग-अलग ग्राण्ड स्ल्याम (सतहको हिसाबले) जित्ने सबैभन्दा युवा खेलाड़ी बनेका छन्। यस मामिलामा उनले आफ्नै देशका दिग्गज खेलाड़ी रफायल नडाललाई पछि छोड़ेका थिए। उल्लेखनीय छ, नडाल रेकर्ड १४ पल्टका फ्रेञ्च ओपन च्याम्पियन हुन्।

फ्रेञ्च ओपनमा खेल्न अघि अल्काराज चोटले गर्दा ३ हप्तासम्म खेलबाट टाढ़ा रहेका थिए। यसरी ज्वेरेव दोस्रोपल्ट ग्राण्ड स्ल्यामको फाइनलमा हारे। यसअघि २०२०-मा यूएस ओपनको फाइलमा पनि उनले हारको सामना गर्नु परेको थियो। अल्काराज रोलां ग्यारोमा ट्रफी जित्ने स्पेनका सातौं खेलाड़ी हुन्। अल्काराजका प्रशिक्षक जुआन कार्लोस फरेरोले पनि २००३-मा खिताब जितेका थिए। यसरी महिला एकल वर्गमा पोल्याण्डकी इगा स्वियातेकले तेस्रोपल्ट खिताब जितिन्। स्वियातेकले महिला एकलको फाइनलमा जेस्मिन पाओलिनीलाई सीधा सेटमा ६-२, ६-१-ले पराजित गरिन्।